![Dipendra Kumar Yadav](https://shrijanshil.com.np/uploads/our_team/b0dfe8d1496196cdf846d9a8e2425e2a.jpg)
ईच्छा शक्तिले ल्यायो जीवनस्तरमा सुधार
साविक बबला गा.वि.स. वडा नं.(६ हाल बेलका न.पा. वडा नं.(५ डाँडा गाउँ बस्ने शान्ता थापा मगरको २० वर्षको उमेरमा सोही ठाउँको देवी प्रसाद थापा मगर सँग विवाह भयो । निजको एक छोरी र एक छोरा सहित चार जनाको परिवार छ । उनीहरु खेतीपाती गरी आफ्नो परिवार चलाई राखेका थिए । छोरा छोरी बढी सकेपछि पढाउँन लेखाउँन खेतीपातीबाट धान्न गाह्रो भयो र श्रीमान लाई बैदेशिक रोजगारको लागी बिदेश पठाइयो । बिदेशमा पनि भने जस्तो काम र कमाई नभएपछि घर धान्न धौ धौ परिरहेको थियो । त्यही बेलामा श्रृजना सामुदायिक विकास केन्द्रको कर्मचारीहरु समूह बनाउँने क्रममा हाम्रो गाउँमा आउनुभयो र सस्थाको नीतिनियम बारे हामिलाई जानकारी गराउँनु भयो । संस्थाको नीतिनियम सुन्दा र बुझ्दा बिना धितो समूहको जमानीमा कर्जा लगानी गर्ने भएपछी हामी प्रभावित भएर आफ्नै गाउँ ठाउँमा केहि सानोतिनो ब्यवसाय गर्नुपर्छ र आम्दानी गर्नु पर्दछ भन्ने मेरो मनमा जाग्यो र मेरै अध्यक्षतामा बीस जनाको केन्द्र गठन गरे र श्रीमानबाट कुनैपनि संघ संस्थामा आवध नहुनु पछि किस्ता तिर्न समस्या हुन्छ र बेईजत हुन्छ भनेर सल्लाहा दिनुभयो तर म आफ्नै हिम्मतले यस सस्थाबाट कुखुरा पालनको लागी मिति २०७१।०३।१७ गतेमा साधारण कर्जा रु. ३०,०००।( लिएर कुखुरा पालन शुरु गरे । कुखुरा बढेपछि डिलर ले कम मुल्य लगाएपछि आफैले कटिंग शुरु गरे आफुलाई खपत हुने कुखुरा राखेर बाँकी कुखुरा डिलर लाई बेच्थे । यसरी क्रमश पटक पटक ५०,०००।( हजार देखि हाल रु. २,००,०००।( लाख यस संस्थाबाट कर्जा लिई कुखुरा फारम बिस्तार गरे । हाल श्रीमान पनि बिदेशबाट घर फर्किनु भयो र त्यहि व्यवसायमा श्रीमान् र श्रीमती लगनसिल भई व्यवसायलाई बिस्तार गरी बंगुर पालन पनि शुरु गरे । यसरी कुखुरा पालन र बंगुर पालनबाट राम्रो आम्दानी गरी छोराछोरी लाई राम्रो विधालयमा पढाउँन र सहज तरिकाले घर चलाउन मदत पुगेको छ र केहि भविष्यको लागी बचत गर्न पनि सफल हुनु भएको छ ।